बुटवल, माघ १५ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध बिहीवार बुटवलमा शक्ति प्रदर्शन गरेको छ। लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदर्शनमा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समेत सहभागी छन्।
बुटवलको पुष्पलाल पार्कमा जारी सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, चक्रपाणि खनाल लगायतले सम्बोधन गर्दैछन्। विरोध सभाअघि बुटवलको विभिन्न ठाउँबाट र्याली निकालिएको थियो।
सभामा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकर्ता सहभागी रहेको नेकपा प्रचण्ड(नेपाल समूहले जनाएको छ।
Facebook Comments


























