काठमाडौं, माघ १५ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि २ सय ३० रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो।
आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए। लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए। बागमतीका गौतम केसीले ५ विकेट लिए।
आज दुबै टिम जित निकाल्ने योजनामा रहेका छन्। दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ। यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ। पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ।
Facebook Comments


























