माघ १५ । लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा पुगेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो। खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए। तर मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे। जोर्डी अल्बाको सहयोगमा ८०औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेपछि बार्सिलोनाले खेल २-१ ले जित्यो। एजेन्सी
Facebook Comments


























