माघ १४ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ। आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ। अक्सन चेन्नईमा हुनेछ।
आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेको छ। आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो। कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल युएईमा भएको थियो। फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो। एजेन्सी
Facebook Comments


























