माघ १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो।
वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे। यस्तै जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे। जितसंगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ। सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि छ। वेस्ट ब्रुम ११ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। एजेन्सी
Facebook Comments


























