माघ १४ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले राजीनामा दिएका छन्। राष्ट्रपति सर्जियो मातारेलालाई भेटी कोन्टेले सरकार प्रमुखबाट राजीनामा दिएका हुन्। उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन्। यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गरेका छन्।
वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए। एजेन्सी
Facebook Comments


























