काठमाडौं, माघ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरुमा १४१ पुरुष र ९१ महिला रहेका छन्। ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार (हिजो) को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ थियो।
पछिल्लो २४ घण्टामा थप ३८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ७३४ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
Facebook Comments


























