माघ १० । गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘लहरोस चन्द्र सुर्य झण्डा’ को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डा.गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस शाक्यको एरेन्ज छ।
देशप्रेमले भरिपूर्ण गीतमा गायिका बुनु श्रेष्ठ नै फिचर्ड छिन्। गायिका श्रेष्ठले दुःख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भए पनि देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको बताइन्।
अनिल कटवालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ। भिडियोमा गायिका बुनु श्रेष्ठकै निर्देशन छ। स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।
Facebook Comments


























