हेटौडा, माघ १० । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ। हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको बा १३ च ७९६९ नम्बरको गाडीमा आज बिहान आगलागी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आज बिहान २ बजेतिर १० १२ जनाको समूहले चालकलाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्र सिंह राठोरले बताए। गाडीमा आगजनी गर्ने समूह नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको प्रहरीको अनुमान छ। उनीहरुको खोजी भइरहेको जनाएको छ।
Facebook Comments


























