काठमाडौं, माघ ९ । सरकारले शुक्रबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ। यातायात व्यवस्था विभागले अनलाइन सिस्टममा सुधार आएको भन्दै शुक्रबारबाट आवेदनमा कोटा प्रणाली हटाएको हो। विभागकाअनुसार शुक्रबारबाट अनलिमिटेड फारम भर्न सकिने छ । अब जति पनि दैनिक आवेदन भर्न सकिने विभागले स्पष्ट पारेको छ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको लामो समयको लकडाउनपछि खुलेपछि लाइसेन्स लिनका लागि आवेदन दिनेहरु संख्या धेरै भएको थियो। तर, एक्कासि सिस्टममा खराबी आएको भन्दै कोटा प्रणाली लगाइएको थियो।
Facebook Comments

























