माघ ९ । भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ। कम्पनीको निर्माणाधीन मञ्जरी भवनमा बिहीबार दिउँसो आगलागी हुँदा करोडौंको क्षति भएको जनाइएको छ।
भवनमा आगलागी हुँदा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप उत्पादनका लागि राखिएका उपकरणहरु जलेर नष्ट भएका छन्। आगलागीको कारण खुलिसकेको छैन। आगलागीमा परी मृत्यु हुनेका परिवारलाई कम्पनीले पाँच लाख भारतीय रुपैयाँ प्रतिव्यक्ति दिने भएको छ।
Facebook Comments

























