काठमाडौं, माघ ९ । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले २०० रुपैंयाले घटेको छ। हिजो प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २०० रुपैंयाले ओरालो लागेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।
तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ। यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ।
Facebook Comments

























