काठमाडौं, माघ ८ । नेपाल पुलिस क्लबले ओपनर सुनिल धमलाको शतक तथा दीपेन्द्रसिंह ऐरी र पवन सरार्फको आक्रामक ब्याटिङको सहयोगमा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ।
चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको टियु क्रिकेट मैदानमा जारी बिहिबारको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनायो।
धमलाले १ सय ४५ बलमा ७ चौका र १ छक्का सहित १ सय ४ रनको शतकीय इनिङ खेले। दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौका सहित ८५ रन बनाए। पवन सरार्फले १३ बलमै अर्धशतक प्रहार गरे।
पवन १३ बलमा ६ छक्का र १ चौका सहित ५० रनमा अविजित रहे। आरिफ शेख १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे। पुलिसले अन्तिम २० ओभरमा २ विकेटको क्षतीमा २ सय १० रन जोडेको थियो।
Facebook Comments


























