माघ ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन जोन स्टोन्सले दुई गोल गरे। इल्के गुण्डोगान र रहिम स्ट्रर्लिङको नाममा एक एक गोल रह्यो। क्रिस्टलविरुद्ध खेलको २६ औं मिनेटमा स्टोन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५६ औं मिनेटमा गुण्डोगानले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो। खेलको ६८ औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३(० को अग्रता दिलाए। त्यसपछि खेलको ८८ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए।
जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले १७ खेलमा ३५ अंक जोडेको छ। क्रिस्टल २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























