माघ ५ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ। आइतबार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन आर्टुरो भिदाल र निकोलो बारेल्लाले एक एक गोल गरे। युभेन्ट्सविरुद्ध खेलको १२ औं मिनेटमा भिदालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५२ औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए।
बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले भने गोल गर्न सकेन। जसको कारण युभेन्ट्सले सिजनको दोस्रो हार व्यहोर्यो। युभेन्ट्सलाई हराएसंगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ।
Facebook Comments


























