जनकपुर, माघ ४ । प्रदेश –२ सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा प्रदेश –२मा सार्वजनिक बिदा दिने भएको हो।
तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।
Facebook Comments


























