माघ ४ । निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएका छ। यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ।
सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन्। प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन्। उत्सव दाहालको छायांकन रहेको भिडियोको स्क्रिप्ट साइव्रत आचार्यले तयार पारेका हुन्।
भिडियोमा नाजिर र रेश्माविचको मित्रता देखाइएको छ। भिडियोमा मुस्कान शाह र एलिस खनाललाई पनि देख्न सकिन्छ। विकास दाहालले भिडियोको सम्पादन गरेका हुन्।
Facebook Comments


























