काठमाडौं, माघ ४ । आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ। त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























