काठमाडौं, माघ ३ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टिम एपीएफले प्रदेश-१लाई २ सय ४४ रनको विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनायो।
एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए। कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९/१९ रन जोडे। सुमित महर्जन १४ रनमा आउट भए। प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए।
Facebook Comments


























