माघ २ । साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे। रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन। अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी
Facebook Comments

























