माघ १ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष तीनमा उक्लिएको छ। बुधबार राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष तीनमा उक्लिएको हो।
सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो। फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४औँ मिनेटमा गोल गरेका थिए। जितसँगै सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ। पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७औँ स्थानमा छ।
Facebook Comments

























