पुस २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ। सिटीले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ।
घरेलु मैदानमा सिटी जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। सिटी यस सिजन २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ। सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लनेछ ।
ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ। अर्को खेलमा टोटेनहमले फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। टोटेनहम २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। फुलहम ११ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ। एजेन्सी
Facebook Comments

























