पुस २९ । इंग्लिस डिफेन्डर रोब होल्डिङ थप तीन वर्ष आर्सनलमा बस्ने भएका छन्। सेन्टर ब्याक होल्डिङले आर्सनलसँग क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन्। सम्झौतासँगै होल्डिङ २०२४ सम्म आर्सनलमा रहने भएका छन्।
यस्तै आर्सनलले थप एक वर्ष बढाउँन सक्ने विकल्प समेत दिएको छ। २५ वर्षीय डिफेन्डर २०१६ मा आर्सनल आएका थिए। आर्सनलका लागि उनले ५३ खेल खेलिसकेका छन्। इंग्ल्यान्डको यू-२१ टोलीबाट समेत उनले ५ खेल खेलेका छन्। एजेन्सी
Facebook Comments


























