चितवन, पुस २९ । थारु समुदायका लागि माघे संक्रान्ति अर्थात माघी विशेष पर्व हो। उनीहरु यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। खिचरा (माघे संक्रान्ति) को दिन थारुहरूले चिच्चर (प्वाका) बनाएर खाने परम्परा छ।
चिच्चर पकाउनका लागि अघिल्लो दिन नै अनदीको चामल भिजाएर राख्ने गरिन्छ। भोलिपल्ट त्यो चामललाई माटोको भाँडा (पैनी) मा राखी पानीको बाफको सहायताले पकाइन्छ। चिच्चर पकाउन दुईवटा भाँडाको प्रयोग गरिन्छ। सुरुको सिलवरको भाँडामा पानी राखिन्छ। माटोको भाँडाको तलपट्टि बाँसको चोयाले बुनेको जाली राखिन्छ। त्यो भाँडाको पिँधमा बाफ छिरोस् भन्नका लागि मसिना प्वाल बनाइएको हुन्छ। माथिल्लो भाँडामा अनादीको चामल राखिन्छ। चामललाई बाफले पकाएपछि चिच्चर तयार हुन्छ।

थारुहरूले विशेष महत्वका साथ खाने चिच्चर स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मान्ने गरिन्छ। चिच्चरमा प्रोटिन तथा कार्बाेहाइड्रेट पनि पाइने हुनाले शरीरलाई उर्जा दिने काममा सहयोग पुर्याउँछ। यो जाडो मौसमको अमृतसरह मानिन्छ।

पोका खाएपछि निकै न्यानो महशुस हुन्छ। चिच्चर खाने तरिका पनि अलि नौलो नै छ। चिच्चर पकाइसकेपछि भोर्लाको पातमा राखिन्छ। त्यसपछि चिच्चरलाई त्यही पातले बेरिन्छ । बाहिरबाट मसिनो डोरी बेरेर चिच्चरलाई गोलो आकार दिइन्छ। भोर्लाको पात लिन जंगल नै पुग्नुपर्ने भएकाले अचेल सहजताका लागि भोर्लाको पातको सट्टा केराको पात पनि प्रयोग गर्न थालिएको छ।















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











