काठमाडौं, पुस २८ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्। प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो।
कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए।
Facebook Comments


























