मकवानपुर, पुस २७ । मकवानपुरमा ३० बिगाहा जग्गामा लगाएको अवैध लागूऔषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ। राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतवार प्रहरीले नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments

























