काठमाडौं, पुस २७ । प्रधानमन्त्री कप क्रिकेटको लागि बागमती प्रदेशले टिमको घोषणा गरेको छ। बागमती प्रदेशले प्रतियोगिताको लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो।
बागमतीले घोषणा गरेको टिममा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। यस्तै टिममा पृथु बास्कोटा, इशान पाण्डे,आदील खान, आकाश थापा, बिभत्सु थापा, राम नरेश गिरि, नन्दन यादब र गौतम केसी रहेका छन्।
त्यस्तै सुमित झा,अरियो पौडेल, सुवास खत्री, रिजन ढकाल,विपिन आचार्य, पवन गोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलक राज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल,विशाल फुयाल, प्रतिक श्रेष्ठ,नभिन यादब र तक्षक सिम्खडा रहेका छन्।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ।


























