काठमाडौं, पुस २७ । सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ। त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ। आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।