काठमाडौं, पुस २७ । राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ। विभिन्न रोगबाट पिडित शाहीको दैलेखस्थित चौरटामा आईतबार साँझ निधन भएको हो।
पूर्व गोलरक्षक शाहीले सन् १९७९ देखि १९८८ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए। शाही अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव समेत हुन्। एन्फा सहित विभिन्न संघमा आबद्ध भएर काम गरेका शाही कर्णाली क्षेत्रबाट राष्ट्रिय फुटबल टिमका स्थान बनाउने पहिलो खेलाडी हुन्।
Facebook Comments


























