पुस २७ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा बर्मिंघम सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो।
सिटीको जितमा बेर्नार्डो सिल्भाले दुई गोल गरे। यस्तै फिल फोडेनले एक गोल थपे। खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको ३३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलिया ३-० को जित दिलाए। लिड्स भने क्रलेसँग ३-० ले पराजित हुँदै तेस्रो चरणबाट बाहिरिएको छ। ब्रिस्टोलले पोर्ट्समाउथलाई २-१ ले हराएर चौंथो चरणमा स्थान बनाएको छ। एजेन्सी
Facebook Comments


























