काठमाडौं, पुष २५ । पुरुष प्रधानमन्त्री कपका लागि प्रदेश १ ले टिमको घोषणा गरेको छ। माघ २ गतेबाट हुन लागेको पुरुष प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश–१ ले २२ सदस्यीय टिम घोषणा गरेको हो।
प्रदेश–१ ले छनौट गरेको खेलाडीमा सिदान्त लोहनी, फिर्दोस अंसारी, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, मनोज तामाङ र प्रवेश कमाती रहेका छन्। त्यसगरी आशिष श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नितय कडोरिया, सुजन थपलिया, जोसक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटवाल, विवेक मेहेता, प्रजोल खत्री र हेमन राई पनि प्रदेश १ को टोलीमा पर्न सफल भएका छन्।
पुरुष प्रधानमन्त्री कप त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ। माघ २ गते हुने उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश टियु मैदानमा भिड्दै छन्।


























