चितवन, पुस २५ । पछिल्लो २४ घन्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार, पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म मुलुकभर कूल २ लाख ६४ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ लाख ५७ हजार ९ सय २८ जना संक्रमित निको भइसकेका छन्। शनिवार मात्रै ६ सय ९९ जना संक्रमित निको भएका छन्।
मुलुकभर हालसम्म ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार, शनिवार ३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ।
Facebook Comments


























