पुस २५ । घरेलु टिम यूएईले आयरल्याण्डविरुद्धको चार खेलको वानडे सिरिजमा अग्रता लिएको छ। आबुधाबीमा शुक्रबार भएको पहिलो एकदिवसीयमा यूएईले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो।
आयरल्याण्डले दिएको २ सय ७० रनको लक्ष्य यूएईले ४९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। यूएईको जितमा चुन्दानगापोयिल रिजवान र मुहमद उस्मानले शतकीय इनिङ्स खेले। रिजवानले १ सय ९ रन बनाउँदा उस्मानले अविजित १ सय १ रन बनाए। वाहिद अहमेदले अविजित १८ र जवार फारिडले १५ रन बनाए। आयरल्याण्डका बारी म्याककर्थी र कुर्टिस काम्फरले २/२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो। आयरल्याण्डका पाउल स्ट्रर्लिङले अविजित रहदै १ सय ३१ रनको शतकीय इनिङ्स खेले। एन्डी बल्ब्रिनेले ५३ तथा कुर्टिसले २४ रन बनाए। यूएईका रोहन मुस्तफाले २ विकेट लिए। जितसँगै चार खेलको सिरिजमा यूएईले १-० को अग्रता बनाएको छ। एजेन्सी

























