पुस २४ । इंग्ल्यान्डको महिला क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने भएका छन्। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी अक्टोबरमा महिला टिमले पाकिस्तान भ्रमण गर्ने जनाएको छ। इंग्ल्यान्डको महिला टिमले पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो।
‘यो हाम्रो अर्को महत्वपूर्ण, ऐतिहासिक यात्रा हो,’ इबीसीको महिला क्रिकेटको म्यानेजिङ डिरेक्टर कार्ल कोर्नोरले भनेकी छिन्।
भ्रमण दौरान दुई टिमबीच टी-ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ। कराचीमा हुने दुई खेलको टी-ट्वान्टी सीज अक्टोबर १४ र १५ मा हुनेछ।
यस्तै तीन खेलको एकदिवसीय अक्टोबर १८,२० र २२ मा हुनेछ। पछिल्लो पटक इंग्ल्यान्ड र पाकिस्तानले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए।
अष्ट्रेलियामा भएको २०२० को टी-ट्वान्टी विश्वकपमा इंग्ल्यान्डले ४२ रनको जित निकालेको थियो। इंग्ल्यान्डको पुरुष टिमले समेत १६ वर्षपछि पाकिस्तानको भ्रमण गर्दैछ। एजेन्सी


























