पुस २४ । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा पुगेको छ। बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोविरूद्ध ४-१ को सहज जित निकाल्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो।
एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौँ मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। नवौं मिनेटमा उरोस रासिकले गोल गर्दै भ्यालेन्सिया २-० को अग्रता दिलाए। ३४औँ मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। ४६औँ मिनेटमा अल्बर्टो ओकाले गोल गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए। ५३ औँ मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४-१ को सहज जित दिलाए। एजेन्सी
Facebook Comments


























