पुस २२ । इंग्लिस प्रिमियर लिगका खेलाडी र स्टाफ गरी ४० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। पछिल्लो पटक गरिएको परिक्षणमा ४० जनामा कोरोना देखिएको प्रिमियर लिगले जनाएको छ। प्रिमियर लिगले दुई चरणमा २ हजार २९५ जना बढीमा परिक्षण गर्दा उक्त संक्रमित भेटिएको जनाएको छ।
प्रिमियर लिगले डिसेम्बर २८ देखि ३१ सम्म २८ जना र जनवरी १ देखि ३ सम्ममा १२ जनामा संक्रमण देखिएको जनाएको छ। त्यसअघि २१ डिसेम्बर देखि २७ डिसेम्बरसम्म १८ जनामा कोरोना देखिएको थियो। खेलाडी र स्टाफमा कोरोना देखिएपछि प्रिमियर लिगका ३ खेल स्थगित भएको थियो।
डिसेम्बर २८ मा तय भएको म्यानचेस्टर सिटी र एभर्टनको खेल स्थगित भएको थियो। यस्तै फुलहमले खेल्ने टोटेनहम र बर्नलीविरुद्धको खेल स्थगित भएको थियो। एजेन्सी
Facebook Comments


























