चितवन, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ। यसअघि सोमबार (हिजो) को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ थियो।
पछिल्लो २४ घण्टामा थप ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ६६६ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होमआइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
यसअघि सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८९३ पुगेको छ।


























