पुस २१ । भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जाँदै छन्। उनी तीन दिने भ्रमणका लागि आजै त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरुले जानकारी दिएका छन्।
भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्दैछन्। मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयको वक्तव्यमा लेखिएको छ, ‘विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ। भ्रमणका क्रममा उनले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नेछन्।’ सन् २०२१ लागेपछिको उनको पहिलो विदेश भ्रमण हो। एजेन्सी
Facebook Comments


























