काठमाडौं, पुस २० । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ। सोमवार छापावाल सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन आइतवार पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो। महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
Facebook Comments


























