मोरङ, पुस १७ । मोरङको विराटनगर–१७ मटेरुवाबाट अवैध भारतीय रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने २५ वर्षीय सुजित कुमार रहेका छन्। उनी भारत अररीयाका हुन्।
उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।सुजितको साथबाट पाँच सय दरका एक सय चारवटासहित ५२ हजार भारतीय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
Facebook Comments


























