काठमाडौं, पुस १६ । गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन्। मिस नेपाल ओशियानाको फस्ट रनर अप (उपबिजेता) रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छिन्।
प्रबासी नेपालीहरुको दोश्रो पुषताले पाएको यो सफलताले एनआरएनहरुलाई गरौबान्वित बनाएको भन्दै गैर आबसीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले खुशी ब्यक्त गरे। बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आबासीय नेपाली युबती ज्योती भट्ट निर्णायक हरुको रोजाईमा टप फाइभमा परेकी भए पनि दर्शकको भोटिङबाट पछाडि परेकी थिइन्। प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा रहने मिस नेपाल युनिभर्स जस्तो ख्याती प्राप्त प्रतियोगितामा गैर आबासिय नेपालीहरुको प्रस्तुती उच्च स्तरको भएको निर्णायकहरुले प्रतिकृया दिएका छन्।


























