काठमाडौं, पुस १६ । विहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ। त्यसैगरी विहिबार चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाले घटेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























