पुस १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः कोरोना राहत प्याकेजमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसले आइतबार राहत घोषणा गर्दै ट्रम्पले हस्ताक्षर गरेको जानकारी दिएको छ। यससँगै कोरोना प्रभावित अमेरिकी नागरिकलाई सरकारी राहत प्राप्त हुने भएको छ। यसअघि प्याकेजमा रकम कम भएको भन्दै ट्रम्पले हस्ताक्षर गर्नबाट अस्वीकार गरेका थिए।
त्यसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्ने गम्भीर परिणाम आउनसक्ने भन्दै चेतावनी दिएका थिए। करिब दुई सय बिलियन अमेरिकी डलरको कोरोना राहत प्याकेज अब हस्ताक्षरसँगै प्रभावितका लागि वितरण गर्ने तयारी भएको ह्वाइट हाउसले बताएको छ। महिनौंसम्म सिनेटमा भएको छलफलपछि सोमबार प्याकेजमा अनुमति दिइएको थियो। प्रति वर्ष ७५ हजार डलरभन्दा कम आम्दानी भएकालाई ६ सय डलरका दरले राहत दिइनेछ। एजेन्सी
Facebook Comments


























