चितवन ११ पुस । जनता समाजवादी पार्टीले निकालेकाे मसाल जुलुसमा प्रहरीले दमन गरेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे संसद विघटनकाे विराेधमा शनिबार साँझ चितवनकाे भरतपुरमा निकालेकाे जुलुसमा प्रहरीले दमन गरेकाे हाे। जनता समाजवादी पार्टीकाे आयाेजनामा भएकाे जुलुसमा सहभागी विद्यार्थी नेताहरु रामप्रसाद ढकाल, विनय घिमिरे, साेनिस पाेख्रेल र रुपक श्रेष्ठलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेकाे जनता समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जाेशीले जानकारी दिए।
बालकुमारी क्याम्पस इकाइका सचिवसमेत रहेका रामप्रसाद ढकाल सहसचिव साेनिस पाेख्रेल र सप्तगण्डकी क्याम्पसका काेषाध्यक्ष रुपक श्रेष्ठ प्रहरीकाे दमनबाट घाइते भएका छन्। पार्टीकाे केन्द्रीय समितिकाे निर्देशनअनुसार चितवनमा पनि जुलुस निकाल्ने क्रममा प्रहरी दमन भएकाे हाे। पार्टीले भरतपुरकाे मिलनचाेकदेखि केन्द्रीय बस टर्मिनलसम्म प्रदर्शन गर्ने क्रममा प्रहरीले दमन गरेकाे हाे।


























