काठमाडौं, पुस १० । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा कहिल्यै नफुट्ने बताएका छन्।
प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टी चोइटिन भने सक्ने बताए। उनले रुखको उदाहरण दिँदै रुखका बोक्रा पनि चोइटिने गरेको भन्दै बालुवाटारमा भएको भेला नेकपाको एक चोइटो भएको बताए।
उनले भने, ‘नेकपालाई फुट्न संविधानले पनि दिँदैन। चोइटिन सक्छ। बालुवाटारमा भेला भएको समूह भनेको नेकपाको चोइटो हो। नेकपा भनेको यो हो।’
Facebook Comments


























