काठमाडौं, पुस ९ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा सरकार रहेको जानकारी दिएका छन्।बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन्।
आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको समेत उनले बताए। साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ।
बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको हो।यसैगरी बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।

























