काठमाडौं, पुस ९ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन्। जसपाका नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतले सभामुख सापकोटालाई भेटेर बैठक बोलाउन आग्रह गरेका छन्। नेताहरु सभामुखलाई भेट्न सिंहदरवार पुगेका थिए।
प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको भन्दै उनीहरुले संसद जीवितै रहेको भन्दै बैठक बोलाउन आग्रह गरेका हुन्। त्यस्तै सभामुख सापकोटा सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताउँदै आएका छन्।
बुधवार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन्।
Facebook Comments


























