जनकपुरधाम, पुस ९ । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ। स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको हो। बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ।
आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन्। आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन्।
Facebook Comments


























