पुस ९ । कारबाओ कप फुटबलमा टोटेनहम हर्टसपरले स्टोक सिटीलाई हराएको छ। बुधबार भएको क्वार्टरफाईनल खेलमा टोटेनहमले स्टोकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसंगै टोटेनहम कारबाओ कपको सेमिफाईनलमा प्रवेश गरेको छ।
ग्यारेथ बेलले २२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अघि बढाएका थिए । रियल मड्रिडबाट टोटेनहम आएका बेलले तेस्रो गोल गरेका हुन्। पहिलो हाफमा राम्रो दबाब बढाएपनि टोटेनहमले थप गोल गर्न भने सकेन। लिभरपुलका उपाधि विजेता टोलीका सदस्य गोलकिपर एन्डी लोनेर्गनले पहिलो हाफमा टोटेनहमका डेली अली र ह्यारी केनलाई निराश बनाएका थिए।
दोस्रो हाफको सुरुवातमा स्टोकले सुधारिएको प्रर्दशन गर्यो । घरेलु टोलीका जोर्डन थम्पसनले ५३ औं मिनेटमा स्टोक सिटीका लागि बराबरी गोल फर्काएका थिए। वेन डेभिसिले ८० औ मिनेटमा पुन टोेटेनहमलाई २–१ ले अघि बढाए। कप्तान ह्यारी केनले ८१ औंं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई ३–१ को जित दिलाए। जितसंगै टोटेनहम सन् २००८ पछि मुख्य उपाधितर्फ अघि बढेको छ।
टोटनहमले सेमिफाईनल ‘ड्र’ अनुसार जनवरीको सुरुवातमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डसंग खेल्नेछ। बुधबार रातिनै जित निकालेको म्यान्चेष्टर युनाईटेडले म्यान्चेष्टर सिटीसंग फाईनल प्रवेशका लागि खेल्नेछ। एजेन्सी


























