पुस ६ । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ। आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २–० को जित निकालेको हो। पहिलो हाफको ईन्ज्युरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए।
खेलको ६०औँ मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए। जितसहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। टोटेनहम २५ अंकसहित चौथो स्थानमा छ। एजेन्सी
Facebook Comments


























